>

Welcome To Nepal Motion Picture Association

Nepal Motion Pictures Association, more commonly called NEMPA was established in 1956 AD as a trade organization for the Nepali Film Industry. It is the first internationally recognized association in the Nepali film industry and it has been playing a major role in examining the suitability of film for public exhibition. Its task was to curb the criticism of films so as to give a more favorable  image of the film industry.

The combined efforts of Nepal motion producers, distributors and exhibitors organization established Nepal Motion Pictures Association, a non- governmental and charitable association that has been serving as the voice and advocate of the motion picture and film industry in Nepal. NEMPA has evolved over time in order to fulfill  its major objectives: advancing the art and business of film making, promoting the creative and artistic freedom of film makers and ensuring the satisfaction of our audience worldwide.

Our Chair Person

Our Movies

[Rich_Web_Video id="1"]

   प्रेस विज्ञप्ति: कार्यसमिति गठन

    मिति: २०७९।०३।१३

    मिति: २०७९ साल जेष्ठ २१ गते काठमाण्डौमा सम्पन्न नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट श्री विरेन्द्र नारायण श्रेष्ठज्यूको अध्यक्षतामा निर्विरोध रुपमा कार्यसमिति गठन भएको व्यहोरा जानकारी गराउन चाहन्छु । नेपाल चलचित्र संघको विधान २०५१ अनुसार आज सम्पन्न कार्य समितिको प्रथम बैठकबाट पदाधिकारीहरुको चयन गरेको हुँदा नवनिर्वाचित कार्य समितिमा तपसील बमोजिम पदाधिकारी तथा का. स सदस्यहरु रहनु भएको व्यहोरा यहांहरु समक्ष जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।

    (१) कार्य समिति

    1.  अध्यक्ष श्री विरेन्द्र नारायण श्रेष्ठ
    2.  निवर्तमान अध्यक्ष श्री मधुसूदन प्रधान
    3.  प्रथम उपाध्यक्ष कुवेर शर्मा
    4. द्वितीय उपाध्यक्ष श्री गोपाल काजी कायस्थ
    5. तृतीय उपाध्यक्ष श्री भाष्कर ढुंगाना
    6. महासचिव श्री नरेन्द्र महर्जन
    7.  उपमहासचिव श्री ओम जैशी
    8. कोषाध्यक्ष श्री कपिल प्रसाद द्वा
    9. का. स. सदस्य श्री मिजाश पोखरेल
    10. का स सदस्य निरज कार्की
    11. का. स. सदस्य श्री गोविन्द बहादुर शाही
    12. का. स. सदस्य श्री चैतन्य बराल
    13. का. स. सदस्य श्री युवराज प्रसाई
    14. का. स. सदस्य श्री प्रज्वल शमशेर जवरा
    15.  का. स. सदस्य श्री सुरेन्द्र कुमार थापा 
    16. का. स. सदस्य श्री राजकुमार श्रेष्ठ
    17.  का. स. सदस्य श्री दिप्रश शाक्य

    त्यसैगरी आज सम्पन्न भएको बैठकले निम्न बमोजम समिति गठन गरी पदाधिकारी समेत चयन गरको छ ।

    क. पूर्वाञ्चल समितिः

    सभापति श्री निरज गुप्ता

    ख. पश्चिमान्चल समितिः

    सभापति श्री केदार प्रसाद पराजुली

     

     

   प्रेस विज्ञप्ति:चलचित्र बिकास बोर्ड निष्पक्ष हुननसकेको बारे

    मिति : २०७९/०९/०६

    नेपाल चलचित्र संघको राष्ट्रिय भेला आज नेपाल चलचित्र संघको सभा कक्षमा सम्पन्न भयो । आजको भेलाले चलचित्र बिकास बोर्ड निष्पक्ष हुननसकेको र नेपाल चलचित्र संघको सदस्यहरुलाई आफ्नो ब्यवसायबाटै बिस्थापित गर्ने खालका क्रियाकलाप गरेको निष्कर्ष निकालेको छ । चलचित्र बिकास बोर्ड संगको पटक पटकको वार्तामा समेत चलचित्र बिकास बोर्ड व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको मात्रै हैन झन झन व्यवसायलाई एक पछि अर्को निर्णयबाट बिस्थापित गर्ने खालको गतिविधि हुदै गएको हुँदा नेपाल चलचित्र संघ चरणबद्ध आन्दोलनमा उत्रने आजको राष्ट्रिय भेलाबाट सर्वसम्मत निर्णय भएको छ । आन्दोलन हाम्रो रहर हैन बाध्यता हो ।

    प्रथम चरणको कार्यक्रम

    १) संचार मन्त्रालयमा ज्ञापन पत्र बुझाउने – २०७२/०९/१२

    २) चलचित्र घरमा २०७९/०९/१५-१७ गते सम्म कालो पट्टि बाँधि बिरोध प्रदर्शन ३) २ घन्टा चलचित्र बिकास बोर्डमा धर्ना

    ४) चलचित्र बिकास बोर्डमा तालाबन्दी (३ र ४ बुँदाको मिति पछि तय गर्ने)

    नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन भएको छ । साथै आजै नेपाल चलचित्र संघको पुर्वान्चल भेला र पश्चिमान्चल भेलाले समेत राष्ट्रिय भेलाको निर्णयलाई स्वागत गर्दै एक्यवद्धता जनाउने निर्णय गरेको छ ।

     

     

   चलचित्र र सेन्सर बिषयक अन्तरक्रिया कार्यक्रमका केहि तस्विरहरु

   NEMPA AWARD 2017

   “प्रेस बिज्ञप्ति “

   NEMPA FILM AWARD 2017 दर्ता सूचना

    नेपाल  चलचित्र  संघ ले अमेरिकाको  DABS  Entertainment  संगको  सहकार्यमा  आगामी २०१७ सेप्टेम्बरको  दोस्रो  साता     Dallas, Texas,USA मा सम्पन्न गर्ने NEMPA FILM AWARD 2017  मा सहभागी हुन २०७३ सालमा पदर्शन भएका नेपाली चलचित्रहरुलाई यहि २०७४ साल जेष्ठ मसान्त भित्र नेपाल चलचित्र संघको कार्यलय विशालनगरमा दर्ता गर्नु हुन आव्हान गर्दै यो सूचना प्रकाशित गरिएको छ|
    अध्यक्ष
    नेपाल चलचित्र संघ
    विशालनगर ,काठमाडौँ ,फोन:४४३६७४५

   ‘नेम्पा फिल्म अवार्ड’ को उत्कृष्ट टप ३ मनोनयन सार्वजनिक

   चलचित्र संघले अवार्डदेखि सिने क्विजसम्म गर्ने

    नेपाल चलचित्र संघले अमेरिका र अष्ट्रेलियामा नेपाली फिल्म अवार्डसँगै ‘सिने क्विज’ र ‘मुभी अफ द मन्थ’को आयोजना गर्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बिच यी चारवटै कार्यक्रमको घोषणा गरिएको छ । २०१७ मा अमेरिकाको टेक्सासमा र २०१८ मा अष्ट्रेलियाको सिड्नीमा “नेम्पा फिल्म अवार्ड” हुने नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिए । उक्त अवार्ड नेपाल चलचित्र संघसँगको सहकार्यमा हुनेछ ।

    (more…)